Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पर्सा प्रहरीले २ महिनामा २ करोड बराबरको अबैध मालसमान पक्राउ गरि भन्सार बुझायो

रंजित चौरसिया,बीरगंज

पर्सा प्रहरीले करिव २ करोड रुपैया बराबरको अवैध तस्करीको सामान नियन्त्रणमा लिएर बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले माघ महिनाको अन्तिमसाता देखी चैत्र महिनाको पहिलो साता सम्ममा अबैध रुपमा तस्करहरुले लत्ताकपडा, सृट सुटिङ,हाडवेयर,मरिच, मोटर, छोहडा लगाएतको अवैध समानहरु भन्सार छलेर नेपाल भित्रयाउदै गरेको १ करोड २८ लाख ७२ हजार १ सय ९५ रुपैया बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाएकाछन ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्त पर्सामा २०७६ साल माघ २३ गते देखी कार्यभार सम्भालेका दिनदेखी तस्करीको सामान धमाधम पक्राउ गरी बीरगंज भन्सार कार्यालयमा बुझाउने पहिलो पर्साका महिला एसपी हुन् । क्राईम टोली प्रहरी सक्रियतामा पर्सा जिल्लाको वीरगंज सिमानाका हुने अपराधी गतिविधि र तस्करी शुन्य भएको छ। भने त्यसै पर्सा जिल्लाको ग्रामीण भेगको सिमा नाकामा हुने तस्करी र अपराधी गतिविधि शुन्य भएको कारणले पर्सा जिल्लाका बासिहरु प्रहरी उपरीक्षक पन्त संग निकै नै खुशी रहेको पर्सा जिल्ला बासिहरु बताउछन् । त्यसै गरी पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पन्तले ३६ लाख ६१ हजार ८ सय ४४ रुपैयाको हुण्डी कारोवारमा संल्गन रहेको ब्यक्तीहरुलाइ श्रोत नखुलेको रकम सहित प्रकाउ गरी राजश्व अनुसंधान बिभागमा बुझाईएको प्रहरी उपरीक्षक पन्तले बताउनुभयो ।

पर्सा प्रहरीले १बकरोड २४ लाख ८०बहजार ३ सय १५ रकम बराबरको तस्करीको सामान सहित केही तस्करहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको समेत एसपी पन्तले बताउनुभयो। पर्सा प्रहरीले पर्सा जिल्लामा बिभिन्न मुद्धामा जिल्ला अदालत पर्साले सजाए तोकेको र बिभिन्न मुद्दामा फरार रहेका २३ जनालाई प्रहरीले पक्राउ गर्ने सफल भएको प्रहरी निरिक्षक रबिभुषण यादबले बताउनु भयो।

एसपी पन्तले हरेक महिनामा प्रहरी संग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रम समेत गरेको र जिल्लामा शान्ति सुरक्षाको अनुभुती दिलाउनका प्रहरी उपरीक्षक पन्त प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको उनी बताउछन ।

प्रहरी उपरीक्षक पन्तले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई कारवाही समेत गर्नुभएको छिन् । पर्साका प्रहरी उपरिक्षक पन्त भन्छिन् आफुले बीरगंजमा पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी बीरगंज लगायत पर्सा जिल्लाको शान्ति सुरक्षा कायम गरेको समेत दावी गरेकी छिन् ।

पन्त भन्छिन प्रहरीको पहिलो प्राथमिकता भनेको जिल्लामा शान्ति सुरक्षा कायम गर्नु पर्ने बताउदै आफुले पनी सोहीअनुसार काम गरेको बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP