Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लेस्टरमाथि ६ गोल गर्दै सिटीले बढायो अग्रता

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ६-३ गोल अन्तरले पराजित गर्दै अंक तालिकामा आफ्नो अग्रता फराकिलो पार्दै लगेको छ। उसले दोस्रो स्थानको लिभरपुलभन्दा ६ अंकको अग्रता बनाएको हो।

सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा दुबै टिमले गोल वर्षा गरेका थिए। सिटीको जितमा रहिम स्टर्लिङले दुई तथा केभिन डि ब्रुयन, रियाद महारेज, इल्केए गुन्डोगान र एमेरिक लापोर्टेले समान १-१ गोल गरे। लेस्टरका जेम्स म्याडिसन, एडेमोला लोकमन र केलिची इहानाचोले समान एक गोल गरेपनि टिमको हार टार्न सकेन।

खेलको २५ मिनेटमा नै सिटीले ४-० को सहज अग्रता लिएको थियो। तर‚ दोस्रो हाफमा लेस्टरले पनि सोही गतिमा गोल फर्कायो। उसले ५५ देखि ६५ मिनेट बीचमा तीन गोल फर्कायो। त्यसपछि पनि गोल वर्षा रोकिएन। सिटीले थप दुई गोल गर्दै सहज रुपमा खेल ६-३ गोल अन्तरले आफनो पक्षमा पार्‍यो।

जितसँगै शीर्षस्थानमा रहेको सिटीको १९ खेलबाट ४७ अंक बनाएको छ। एक खेल कम खेलेको लिभरपुलको ४१ अंक छ। पराजित लेस्टर २२ अंक जोडेर १०औं स्थानमा झरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP