Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अध्यक्ष ठाकुरले गरे असन्तुष्ट पक्षसँग वार्ता

काठमाडौं  । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले पार्टीका असन्तुष्ट पक्षसँग आज वार्ता गरेका छन् । ठाकुरले आफ्नै निवासमा असन्तुष्ट पक्षका नेताहरूसँग वार्ता गरेको सो पार्टीका नेता मनिष मिश्रले बताए । पार्टीको निर्णयप्रति असन्तुष्टि जनाउँदै केही नेताहरूले पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए । अध्यक्ष ठाकुरले उनीहरूलाई वार्ताका लागि आफ्नै निवासमा बोलाए पनि निवासमा नभएर पार्टी कार्यालयमै वार्ता गर्ने अडानमा थिए । तर आज अध्यक्ष ठाकुरको निवासमै गएर उनीहरूले वार्ता गरेका छन् ।

भेटमा आफूले पार्टीका अन्य नेताहरूकै सल्लाहमा नै सबै मनोनयन गरेको कुरा असन्तुष्ट पक्षसँग अध्यक्ष ठाकुरले राखेका थिए । पछिल्लो समय अध्यक्ष ठाकुरले जिल्ला तथा प्रदेशमा अध्यक्षहरू मनोनीत गरेका थिए । त्यसमा केही नेताहरू असन्तुष्टि जनाउँदै आएका थिए । अध्यक्ष ठाकुरले ती असन्तुष्ट नेताहरूले भने, मैले जे जति गरेको छु सबैको सल्लाहमा गरेको छु, त्यसमा अब कुनै संशोधन हुँदैन ।

अरू थुप्रै मनोनयनहरू गर्न बाँकी छ, पार्टीका अन्य पदहरू धेरै खाली छन् सबैलाई बिस्तारै बिस्तारै समावेश गर्दैछु जाने छु । आज तपाईँले भनेर एक जनालाई हटाउँछु, भोलि यस्तै अरू कसैले पनि हटाउन दबाब दिनसक्छ यो तरिकाले पार्टी चल्दैन जे भएको छ त्यो ठिक भएको छ, अगामी दिनमा अझ राम्रो हुने विश्वास दिलाउँछु ।’

वार्तामा संलग्न सञ्जय चौधरीले अध्यक्ष ठाकुरले निर्णय प्रक्रियामा केही त्रुटि भएको स्वीकार गर्दै त्यसलाई अगामी दिनमा छलफल गरेर टुङ्ग्याउने भनेको जानकारी दिए । अध्यक्ष ठाकुरले अर्को छलफल कहिले गर्ने टुङ्गो भने नलागेको नेता चौधरीले बताए । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP