Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पूर्वसभासद् तामाङलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं : निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसभासद् एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। 

तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुानामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ। तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो।

तामाङ र श्रेष्ठले थुनछेक आदेश उपर चित्त नबुझाए माथिल्लो अदालतमा आदेश बदरको मागसहित दिन दिन भने पाउनेछन्। मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ७३ अनुसार थुनछेक आदेशमा चित्त नबुझेमा एक तह माथिल्लो अदालतमा निवेदन दिन सकिने व्यवस्था छ। जन्मकैद तथा दश वर्ष वा सोभन्दा माथिको सजाय हुनसक्ने कसुरको थुनछेकमा भने पक्षले एक तहभन्दा माथिल्लो अदालतमा पनि निवेदन दिन पाउने कानुनी व्यवस्था छ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले अदालतमा हाजिर गराइएका १२ प्रतिवादीमध्ये दुई जनालाई थुनामा पठाएको छ। अन्य ९ जनालाई धरौटीमा रिहाको आदेश दिँदा एक जना साधरण तारेखमा रिहा हुने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। कसुरमा संलग्न रहेका भनिएका अन्य २९ जना अझै फरार छन्। फरारको हकमा उपस्थिति गराउन कानुनी प्रक्रिया अघि बढाइने छ।

दाहालका अनुसार अदालतमा उपस्थित गराइएका हरिहर लामिछानेसँग ५० लाख रुपियाँ धरौटी माग भएको छ। यस्तै, विजयविक्रम शाहीलाई १५ लाख, भगवानबहादुर सिंह डंगलालाई १० लाख रुपियाँ धरौटीमा रिहाको आदेश भएको छ।

अन्य चार प्रतिवादीलाई अदालतले जनही ५ लाख रुपियाँ धरौटी माग गरेको छ। पाँच लाख रुपियाँ धरौटीमा माग भएका प्रतिवादीमा कस्तुभ केतन ढुङ्गाना, एलिना तुलाधर, मायोनानी महर्जन र बुद्धराज तामाङ छन्। अदालतले प्रतिवादी शंकरप्रसाद पाठकसँग दुई लाख ५० हजार र प्रतिवादी राकेश महर्जनसँग ५० हजार रुपियाँ धरौटी माग गरेको छ। प्रतिवादी संगीत श्रेष्ठ साधरण तारेखमा रिहा भएका छन्।

सहकारीमार्फत कर्जा दुरुपयोग र ठगीको समेत आरोपमा तामाङलाई असोज १८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। तामाङसँगै सिभिल सहकारीका अध्यक्ष र कर्मचारी पनि पक्राउ परेका थिए।

तामाङ नेकपा (एमाले) का तर्फबाट दोस्रो संविधान सभा सदस्य थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP