Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दाङमा टेबल टेनिस प्रतियोगिता सुरु

दाङ : जिल्लामा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरु भएको छ। नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता सुरु भएको हो।

देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर-६ मा रहेको कभर्डहलमा सुरु भएको हो। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।

उनले कोरोना महामारीका कारण शिथिल भएको खेलकुद क्षेत्रलाई युथ क्लबले राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्दा खेलाडी र खेलप्रेमीलाई उत्साहित बनाएको उल्लेख गरे।

उनले खेलकुदको विकास र प्रवर्द्धनमा नेता खड्काको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे। उनले खेलकुदले मेलमिलापको सन्देश दिने बताउँदै टेबल टेनिस प्रतियोगिताले स्वर्गीय नेतालाई स्मरण गराएको पनि बताए।

उनले खेलकुद क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्न लागेको समेत बताए। प्रतियोगितामा २५ जिल्ला र ३ विभागीय टोलीको सहभागी छन्।

पुरस्कार राशि ३ लाख ८० हजार रहेको आयोजकले जनाएको छ।

प्रतियोगितामा पुरुष टोली र महिला टोलीको प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार, तृतीय र सान्त्वनाले पनि ५/५ हजार प्राप्त गर्नेछन्।

यस्तै पुरुष र महिला एकलतर्फ नगद ४०/४० हजार, द्वितीय  पुरस्कार २०/२० हजार, तृतीय र सान्त्वना हुने ५/५ हजार रुपैयाँ पाउनेछन्।

यस्तै पुरुष र महिलाको जुनियरतर्फ प्रथम पुरस्कार ३०/३० हजार, द्वितीय पुरस्कार १५/१५ हजार र तृतीय र सान्त्वना ५/५ हजार पुरस्कार राशि रहेको छ।

प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने आयोजक युथ अफ तुलसीपुरका अध्यक्ष वसन्त गिरीले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP