Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नोबेल कलेजमा प्रवेश नदिएपछि विद्यार्थी आन्दोलित

विराटनगर : नोबेल मेडिकल कलेजले विद्यार्थीलाई प्रवेश नदिएपछि प्रदर्शन गरेका छन्। कलेजले अतिरिक्त शुल्क माग्दै आइतबार कलेजमा पस्न नदिएपछि विद्यार्थीले विरोध प्रदर्शन गरेका हुन्।

सत्तारुढ पाँचदलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका नेतासमेत रहेका सुनिल शर्माले सञ्चालन गरेको कलेजलाई अतिरिक्त शुल्क नलिन स्थानीय प्रशासन र चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको थियो।

तर, बुधबार कक्षा कोठाबाट निकालेको नोबेल मेडिकल कलेज प्रशासनले त्यस दिनदेखि गेटबाट भित्रै पस्न नदिएको विद्यार्थीहरूको गुनासो छ।  एमबिबिएस पहिलो वर्षका लागि विद्यार्थीले १४ लाख ७८ हजार ६ सय ७५ रूपैयाँ बुझाइसकेको एक विद्यार्थीले बताए।

उनीहरूका अनुसार त्यसबाहेक विश्वविद्यालय रजिष्ट्रेसन शुल्क, अनिवार्य होस्टेल र इन्टर्नसिप शुल्क मागेको छ।

इन्टर्नसिप शुल्क नलिने

जिल्ला प्रशासन कार्यालय मोरङमा अस्पताल प्रशासन र विद्यार्थीबीच भएको छलफलपछि नोबेलले इन्टर्नसिप शुल्क नलिने सहमति गरेको छ।

होस्टेल र रजिष्ट्रेसन शुल्क तिरेपछि मात्र प्रवेश दिइने कलेज प्रशासनले बताएको छ। कलेजले तोकेको अतिरिक्त शुल्क बुझाएका २७ जना विद्यार्थी भने नियमित अध्ययन गरिरहेका छन्।

निर्देशन अटेर गरे कारबाही हुन्छ : दहाल

​कलेजलाई अतिरिक्त शुल्क नलिन प्रशासनले निर्देशन दिएको र अटेर गरे कारबाही गरिने जिल्ला प्रशासन कार्यालय  प्रमुख जिल्ला अधिकारी काशीराज दहालले बताए।

अतिरिक्त शुल्क लिएको उजुरी परे कारबाही गर्न गृह मन्त्रालयबाट पत्र आएको बताउँदै उनले भने, ‘कसैले उजुरी गरे कारबाही गर्छौं।’

एकमुष्ट रकम बुझाउन कलेजको दबाब

चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि निर्धारण गरेको शुल्कबाहेक कलेजले इन्टर्नसिपवापत २ लाख ४० हजार, रजिष्ट्रेसन शुल्कवापत ९८ हजार, होस्टल शुल्क एक वर्षको एकमुष्ट १ लाख ४४ हजार बुझाउन दबाब दिँदै आएको छ।

जिल्ला प्रशासन कार्यालयमा इन्टर्नसिप शुल्क नलिने सहमति गरे पनि अन्य शीर्षकको शुल्क तिर्न दबाब दिइरहेको एक अभिभावकले बताए।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कमा विश्वविद्यालय सम्बन्धन शुल्क, सामाजिक तालिम शुल्क, इन्टर्नसिप शुल्क, प्रयोगशाला परीक्षण शुल्क, भर्ना शुल्क, परीक्षा तथा अतिरिक्त क्रियाकलाप शुल्कसमेत समावेश हुने भएपनि कलेजले अतिरिक्त शुल्क मागेको विद्यार्थीको गुनासो छ।

के भन्छ कलेज प्रशासन ?

नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालले होस्टल अनिवार्य गरिएको बताए। इन्टर्नसिपवापतको शुल्क नलिने र इन्टर्न गर्दा विद्यार्थीलाई इन्सेन्टिभ पनि नदिने उनले बताए। अभिभावकले समझदारीपत्रमा हस्ताक्षर गरेपछि विद्यार्थी पठनपाठनमा सहभागी हुने उनको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP