Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

संखुवासभाको भोटखोलामा आगलागीबाट एकको मृत्यु

संखुवासभा : संखुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङको एउटा कटेरोमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भोटखोला–५ का स्थानीय २३ वर्षीय पंखामान राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए। 

मृतक पंखामानसहित ५ जनाको टोली काठ काट्न जङ्गल गएको थियो।

उनका साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर राईको शनिबार राति घटनास्थलमै मृत्यु भएको डिएसपी सुवेदीले बताए।

साथीहरू धीरजमान राई, कमल राई, सूर्य राई र सञ्जीव राई पंखामानलाई छाडेर चारै जना खाद्यान्न लिन गाउँतर्फ गएका थिए।

उनका साथीहरू फर्किँदा पंखामानको जलेर मृत्यु भएको अवस्थामा भेटिएको डिएसपी सुवेदीले बताए।

आगलागी भएर मृत्यु भएको जानकारी आउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर छानबिन सुरु गरेको उनले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP