Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

हाइटेन्सनले जोखिममा पारेको भन्दै चितवनवासीले भेटे मुख्यमन्त्री

हेटौंडा : लामो समयदेखि हाइटेन्सन विद्युत प्रशारण लाइनलाई वैकल्पिक मार्गबाट लैजान संघर्ष गरिरहेको चितवनको हर्दि–चैनपुर हाइटेन्सन संघर्ष समिति सोमबार हेटौंडा आइपुगेको छ।

बस्तीबाटै हाइटेन्सन विद्युत प्रशारण लाइन बनाउने भएपछि आफूहरू जोखिममा परेको भन्दै संघर्ष समिति प्रदेश राजधानी हेटौंडा आएको हो।

प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेटेर हाइटेन्सनको वैकल्पिक बाटो खोजेर बस्ती जोगाउन आग्रह गरेको संघर्ष समितिले पत्रकार सम्मेलन गरी जानकारी दियो। 

समितिले विद्युत प्राधिकरण र चितवनको स्थानीय तहले आफूहरूलाई थाहै नदिई बस्तीबाट हाइटेन्सन विद्युत प्रशारण लाइन बनाउन लागेको आरोप लगाएको छ।

समितिका संयोजक केशवराज भट्टराईले चितवनको राप्ती नगरपालिकाको ६ र १० तथा खैरहनी नगरपालिकाको ६,७,९ र १० नम्वर वडाका करिब ४ हजार घरधुरी प्रशारण लाइनका कारण समस्या परेको बताए।

उनले अन्य विकल्प अध्ययन नै नगरि स्थानीय बासिन्दालाई जानकारी नै नगराई बस्तीबाटै हाइटेन्सनको पोल गाड्न खाल्टो खनिरहेको बताए।

उनले हर्दिबाट चैनपुरसम्मको करिब साढे ७ किलोमिटरमा रहेका बस्तीमा ३ महिनायता पोल गाड्न खाल्डो खन्न सुरु भएको र हाल स्थानीयले हाइटेन्सनको विरोध गरेपछि तत्कालका काम रोकिएको बताए।

समितिका सदस्य तथा इन्जिनियर नवराज फुँयालले दुवै नगरपालिकालाई हाइटेन्सनले निम्त्याउने जोखिमबारे जानकारी दिन खोज्दा पनि जनप्रतिनिधिहरूले कुरा सुन्नै नमानेको बताए।

उनले हाइटेन्सन बस्तीमाझबाट लैजाँदा करिब १ अर्ब ७६ करोड क्षति हुनेसमेत बताए।

उनका अनुसार सोमबार संघर्ष समितिले बागमतीका मुख्यमन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मुख्यमन्त्री पाण्डेले उक्त क्षेत्रको हाइटेन्सनको अध्ययन गरिने र वैकल्पिक मार्गबाट लैजाने आश्वासन दिएको उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP