Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जोखिम समूहका व्यक्तिलाई आजदेखि अतिरिक्त मात्रा खोप दिइने

काठमाडौं : सरकारले आजदेखि कोरोनाविरुद्धको अतिरिक्त मात्रा खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम समूहमा रहेका व्यक्तिलाई पूर्ण खोप लगाएको भए पनि भविष्यमा हुनसक्ने जटिलतालाई मध्यनजर गर्दै थप मात्रा खोप मात्रा दिने निर्णय गरेको हो।

अतिरिक्त खोप पहिले जुन खोप लगाइएको हो सोही खोप नै दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसलाई बुस्टर डोज नभई रोगसँग लड्ने क्षमता कम भएका व्यक्तिहरुलाई दिन लागिएको थप खोप भएको जानकारी दिएको छ।

सरकारले दिन लागेको मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु सक्रिय क्यान्सरका बिरामी,अंग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी,उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषिध सेवन गरिरहेका बिरामी पाउने स्वास्थ्य मन्त्रालले जनाएको छ।

यसका साथै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष माथिका सबै व्यक्तिले पनि सरकारले दिन लागेको अतिरिक्त खोप पाउने मन्त्रालयले उल्लेख गरेको छ।

मन्त्रालयका अनुसार थप खोप लगाउनका लागि पहिले खोप लगाएको तीन महिना पुगेको हुनुपर्नेछ। खोप लगाउनका लागि आफूले पहिले खोप लगाएको कार्ड लिएर आफनो नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP