Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड

काठमाडौं – भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार रुपैयाँ तिर्ने गरी १ लाख ऋण लिएर सेयर किने। उनले चार वर्ष लगाएर ऋण चुक्ता  गरे। कुलेखानी खानीखेतका विष्णुकुमार पुडासैनीले मकै बेचेर १० हजार लगानी गरे।  तर, यसरी जुटेको जनताको करिब ३१ करोड रकम डुबेको छ।

निजी निर्माण कम्पनी र सरकार दुवैले आयोजनाबाट हात झिकेका छन्। जुन आयोजनामा मकवानपुरसहित ललितपुर, चितवन, धादिङलगायत जिल्लाका ३ हजार स्थानीयवासीले खसी–बाख्रा, भैंसी बेचेर १० हजारदेखि १ लाखसम्म लगानी गरेका थिए। मकवानपुरबाट मात्र करिब १० करोड रुपैयाँ लगानी भएको सेयर सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्ण कटवालले बताए। कम्पनी घाटामा गए पनि आयोजना नबने पनि विपन्न नागरिकको पैसा फिर्ता गरिनुपर्ने उनको भनाइ छ।

नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले २०६९ जेठ १ गते सरकारसँग प्रारम्भिक परियोजना सम्झौता गरेको थियो। त्यसपछि उक्त कम्पनीले जनतासँग रकम संकलन गरेको थियो। ३० वर्षभित्र सरकारलाई हस्तान्तरण गर्ने गरी संघीय सरकारले सुरुङमार्ग निर्माण अवधि सन् २०२१ सम्म थप गरेको थियो। तर, उक्त कम्पनी सरकारी निकायको सम्पर्कमा छैन। संकलित रकम भने उसले विभिन्न बहानामा खर्चिएको जनाइएको छ।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP