
एजेन्सी-इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड वल्भससँग १-० ले पराजित भएको छ। वल्भसको निर्णायक जितमा खेल सकिन आठ मिनेट बाँकी हुँदा जोओ मौटिन्होले गरेको एकमात्र गोल निर्णायक बन्यो।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको यो सिजनको छैटौं हार हो। सोमबार राति युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा पाहुना टोलिमाथि युनाइटेडले दबाब दिए पनि नतिजा भने वल्भसको पक्षमा निस्कियो। पराजित भएसँगै युनाइटेडको अन्तरिम प्रशिक्षकको रुपमा राल्फ रंगनिकको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ।
वल्भसले सन् १९८० पछि पहिलो पटक ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न सफल भयो। त्यसो त युनाइटेडले पनि वल्भसमाथि गोलका प्रयास गरेको थियो। तर‚ गोलरक्षक जोसे सालेले इन्जुरी समयको उत्कृष्ट प्रहारलाई समेत असफल बनाउँदै टिमको तीन अंक निश्चित गरेका थिए।
शीर्ष चारमा संघर्षरत युनाइटेड १९ खेलबाट ३१ अंकसहित तालिकाको सातौं स्थानमा छ। वल्भस २८ अंकसहित तालिकाको आठौं स्थानमा रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया