Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

फाइजर खाेपका लागि प्रयाेग हुने साढे ६ लाखभन्दा धेरै सिरिन्ज नेपाल आइपुग्याे

काठमाण्डाै – काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको फाइजर खोपका लागि प्रयोग हुने साढे ६ लाखभन्दा धेरै सिरिन्ज नेपाल आइपुगेको छ ।

कतार एअरलाइन्सको नियमित उडानमार्फत आज मङ्गलवार ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ । फाइजर खोपमा प्रयोग हुने शून्य दशमलव तीन एमएलको सिरिञ्ज काठमाण्डौ आइपुगेको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका प्रमुख सुरेन्द्र चौरासियाले जानकारी दिनुभयो ।

सिरिन्ज अभावकै कारण काठमाण्डौ उपत्यकासहित आठ जिल्लाका बालबालिकालाई यही पुस १३ गतेदेखि दिने भनिएको खोप अभियान प्रभावित भएको थियो । फाइजर खोपमा प्रयोग हुने सिरिन्ज आइपुगे पनि काठमाण्डाै उपत्यकाका तीन जिल्लाका बालबालिकालाई मात्रै फाइजर खोप दिइने भएको छ । थप फाइजर खोप आउने सुनिश्चितता नभएका कारण काठमाण्डाै, भक्तपुर र ललितपुरका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई मात्रै यो खोप दिइने उहाँले बताउनुभयो ।

दुई/तीन दिनभित्रै यी तीन जिल्लाका बालबालिकाका लागि फाइजर खोप दिइने उहाँले बताउनुभयो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाण्डाै उपत्यकाका तीन जिल्लासहित काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतका बालबालिकालाई पुस १३ गतेदेखि नै फाइजर खोप दिने निर्णय गरेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP