Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले कपिलवस्तुको जिल्ला अधिवेशनको समुद्घाटन ओलीले गर्ने

अर्जुन बेल्बासे, कपिलवस्तु-नेकपा (एमाले) कपिलवस्तुको नवौ जिल्ला अधिवेशनका तयारी तिव्र परीएको छ ।जिल्लाको वाणगंगा नगरमा रहेको सिद्धार्थ क्याम्पस बुङचीको सभाहलमा हुने नवौं जिल्ला अधिवेशनको ९५ प्रतिशत काम पुरा भएको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भयो ।पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनको पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलली भर्चुवल माध्यमबाट एमाले कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको उहाँले बताउनु भयो ।

वडा, गाउँ, नगरपालिका देखी केन्द्रिय महाधिवेशन सम्म सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश प्रवाह गरेको नेकपा (एमाले) ले पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनबाट समेत नेतृत्व सर्वसम्मत चयनका लागि कसरत गरिरहेको एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बताउनु भयो ।

कपिपलवस्तुको नवौं जिल्ला अधिवेशनलाई सर्वसम्मत नेतृत्व चयनका लागि पर्यास रहे पनि निर्वाचन हुने प्रवल सम्भावना रहेको वताउनु भयो । भोलि हुने अधिवेशनको लागि अध्यक्ष पदका लागि ६ जना , उपाध्यक्षका लागि ४ जना , सचिवका लागि ३ जना र उप सचिवका लागि १३ जनाले उम्मेदवारी दिने बताउनु भएको छ ।जिल्ला अधिवेशनमा करिव ६ सय प्रतिनिधी सहभागि हुने एमाले कपिलवस्तुले जनाएको छ ।

अध्यक्ष पदमा डम्मर शर्मा , बाबुराम खनाल , नेत्रराज अधिकारी ,खुमा आचार्य ,वावुराम आचार्य , कुमारमधु बेल्वासेले अध्यक्ष पदको लागि आफनो प्रचार प्रसारमा समेत लाग्नु भएको छ त्यस्तै उपाध्यक्षमा चक्रपाणी अर्याल ,विश्राम प्रसाद चौधरी , हिरालाल पौडेल र कृष्ण भटराईले उपाध्यक्षमा उम्मेदवारी दिने बताउनु भएको छ ।

सचिवमा भेषराज पाण्डे , विश्व कार्की र सिवि गहतराज उम्मेदवारी दिने बताउनु भएको छ । उपसचिवमा भने १३ जनाले उम्मेदवार दिने घोषण गर्नु भएको छ । १३ जना आकाक्षिं रहेको उप सचीव पदमा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसी र बुद्धभुमी नगरपालिका वडा न ३ का वडा अध्यक्ष युवा नेता गोविन्द प्रसाद आचार्य (विकास ) को नाम चर्चामा रहेको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP