Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राजधानीमै उपचार गर्न धामीको सहारा, बालिकाको मृत्यु

काठमाडौं : आश्रममा झारफुक गरेर राखिएकी एक बालिकाको काठमाडाैंमा मृत्यु भएको छ। मृत्यु हुने बालिका सिन्धुपाल्चोक घर भएकी रोशनी श्रेष्ठ रहेकी छिन्।

२१ दिनअघि बिरामी रहेकी ती बालिकालाई धामी उमा शाही ठकुरीले उपचार गरिदिने भन्दै आफ्नो आश्रममा राखेकी थिइन्। नागार्जुन नगरपालिका वडा-१ स्थित पानीट्याङ्कीकी ठकुरीले बालिकाको उपचारका नाममा झारफुक गरेको तथ्य खुलेको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेश राज मैनालीले जानकारी दिए।

शनिबार बिहान बालिकाको अवस्था गम्भीर भएको भन्दै परिवारलाई खबर गरेपछि थप उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले ती बालिकालाई मृत घोषणा गरेका थिए। 

धामी शाहीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले थाहाखबरलाई जानकारी दिए। बालिकाको पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। शाहीलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूकाे हिरासतमा राखिएकाे प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP