Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रानी महल बतासलाई दिन पर्यटन बोर्डका सीईओको लबिइङ

काठमाडौं । नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन ।

नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि अर्को ‘सेटिङ’ सार्वजनिक भएका छन् ।

राजनीतिक शक्ति केन्द्रहरु रिझाएको बतास समूहले सरकारी निकायहरुमा पनि आफ्ना निकटवर्तीहरुलाई पुर्‍याएको पाइएको छ । त्यसमध्ये एक हुन् नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी ।

बतासको धनञ्जय कनेक्सन

नेकपा एमालेका सचिव योगेश भट्टराई पर्यटनमन्त्री भएकै बेला १४ माघ २०७६ मा रेग्मी सीईओ नियुक्त भएका थिए ।

रेग्मीसँग व्यवसायमा प्रत्यक्ष नजोडिएपनि प्रगाढ सम्बन्ध रहेको आनन्दराज बतास नै बताउँछन् । ‘धनञ्जयसँग हाम्रो कुनै किसिमको साझेदारी छैन,’ आनन्दराज बतास भन्छन्, ‘उनका साझेदार राजेन्द्र भने बतास समूहमै काम सिकेका भाइ हुन् ।’ आइसर गाडी बिक्री गर्ने अटोवेज प्रालिमा बतास र नारायण पौडेलको संयुक्त लगानी छ । बतासका पार्टनर नारायणका भाइ राजेन्द्र र धनञ्जय रेग्मीको लगानीमा पोखरामा टोयटा गाडीको सोरुम छ ।

पर्यटन बोर्डमा आएपछि रेग्मीले पनि बतासका लागि लबिइङ गर्ने गरेको पाइएको छ । सीईओ नियुक्त भएपछि रेग्मीले पर्यटकीय क्षेत्रहरु निजी क्षेत्रलाई दिन छलफल चलाएका थिए । त्यसक्रममा बतास समूहले पाल्पाको रानी महल क्षेत्रलाई हनिमुन’ गन्तब्य बनाउन तानसेन नगरपालिकासँग सार्वजनिक निजी साझेदारीको प्रस्ताव राख्यो । बतासले चाहे जसरी ठेक्का नपाउने भएपछि पर्यटन बोर्डका सीईओ रेग्मीले नगगरपालिकालाई सहज रुपमा निर्णय गर्न प्रोत्साहित गरेका थिए ।

तर नगरपालिकाले कानुन विपरीत वन र पुरातात्विक क्षेत्र प्रयोग गर्न र त्यसमा थप संरचना बनाउन नदिने बताएपछि बतास समूह पछि हट्न बाध्य भयो ।

वातावरणीय असर पर्ने गरी चरम व्यवसायिक ढंगको प्रस्ताव गरेकाले विज्ञ समितिको सिफारिसअनुसार बताससँग सम्झौता नगरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डे बताउँछन् । ‘जताततै कंक्रिटिङ गर्ने प्रस्ताव आएको थियो,’ पाण्डे भन्छन्, ‘त्यो कम्पनीसँग सम्झौता नगरेर ठीक गरिएछ भन्ने भएको छ ।’

पर्यटन बोर्डका सीईओ रेग्मी भने जीर्ण अवस्थामा पुगेको रानीमहल संरक्षणका लागि ‘द्वारिकाज’ जस्तै रातको हजार डलरसम्म तिर्ने थोरै तर धनी पर्यटक राख्ने होटल बनाउन चाहेको बताउँछन् ।

‘अलि महंगो मूल्य लिन सक्ने गरी व्यवस्थापन गर्ने भिजन भएको मान्छेले मात्रै त्यहाँ होटल चलाउन सक्छ भनेको हुँ,’ उनले भने, ‘बतासजीसँग मेरो चिनजान भएपनि कुनै व्यापारिक सम्बन्ध छैन । म उहाँलाई पोखराको ठूलो, राम्रो र इमान्दार व्यापारीको रुपमा चिन्छु ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP