Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाण्डाै उपत्यकामा राजनीतिक भेला र मेला–महाेत्सव गर्न राेक (आदेशसहित)

काठमाण्डौ – काेभिड १९ (काेराेना भाइरस) काे सङ्क्रमण बढ्दै गएपछि काठमाण्डाै उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आज मङ्गलवार बसेकाे बैठकले कोरोना सङ्क्रमणको जोखिम घटाउन आज राति १२ बजेदेखि लागू हुने गरी राजनीतिक भेला र मेला, महोत्सव गर्न रोक लगाएको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जारी गरेको आदेशमा उल्लेख छ । सभा, सम्मेलन गर्नैपरे प्रशासनको अनुमति लिनुपर्ने आदेशमा उल्लेख छ ।

यस्तै आउँदो माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को निर्णय कार्यान्यन गर्ने पनि बैठकले निर्णय गरेको छ । भौतिक उपस्थितिमा पठनपाठन रोक्ने आदेशमा उल्लेख छ । पूर्वनिर्धारित परीक्षा भने  स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न पाइने छ ।

माघ ७ गतेदेखि कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रामा, पार्कमा प्रवेश गर्दा खोप कार्डको अनिवार्य व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ । अर्काे सूचना नभएसम्मका लागि याे आदेश लागू हुने विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे छ आदेश–

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP