Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बेसहारा बालबालिकाका अभिभावकत्व वडाले लिने

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवाले वडामा रहेका अभिभावकविहीन बालबालिकाहरूको अभिभावकत्व ग्रहण गर्ने भएको छ। स्थानीय तहको निर्वाचन हुनुअघि स्थानीय तहसम्म रहेका सरकारहरूले नागरिकको पिर र मर्कामा साथ दिने बताएकोमा सोहीअनुसार स्थानीय सरकारको अनुभूति दिन तथा स्थानीय सरकार नागरिकको साथमा रहेको सन्देश दिन अभिभावकत्व लिने निर्णय गरिएको हो।

वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार अभिभावक नहुँदा बेसहारा बनेका तथा अनाश्रितलाई सहारा दिन ‘अनाश्रित निर्धन उत्थानका लागि जनप्रतिनिधि कार्यक्रम’ सञ्चालन गरिएको हो।

‘हामीले हालै मात्र अनाश्रित निर्धन उत्थानको लागि जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरेका छौँ। एक खालको समस्यामा रहेका नागरिकको पीडा यो कार्यक्रमले केही हदसम्म भए पनि निराकरण गर्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘बाबुआमा नभएका र उनीहरूलाई कसैले नअपनाएको, बेवारिसे अवस्थामा रहेका तथा सहाराविहीन बनेका १८ वर्षमुनिका बालबालिकाहरूको अभिभावकत्व वडाले ग्रहण गर्छ।’

ती बालबालिकाहरूलाई कक्षा १२ सम्मको अध्ययन, स्वास्थ्य बिमा, १० वर्षभन्दा कम उमेरकालाई सुरक्षित पोषणको पनि व्यवस्था गरिएको र त्यसका लागि आवश्यक सबै रकमको व्यवस्थापन वडा कार्यालयले नै गर्ने भएको छ।

यसअनुसार आमाबुबा नै नभएका, आमाबुबा मध्ये कुनै एक नभएका वा संरक्षण विहीन बालबालिकाको संरक्षण तथा पालनपोषणको काम वडाले नै गर्नेछ।

वडा कार्यालयको बैठकबाट निर्णय भएपछि अहिले वडाभित्र रहेका त्यस्तै खालका बालबालिकाको खोजी कार्य थालिएको छ। हालसम्म बाबुको पहिचान नभएका ६ जना, आमाबुबा दुवै नभएका २ जना, आमाबुबामध्ये १ जना नभएका ११ जना गरी कुल १९ जना बालबालिका भेटिएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP