Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लिपुलेकमा भारतले बलमिच्याइँ गर्याे, सरकारले सशक्त ढङ्गले भारतसँग कुरा गर्नुपर्छ : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले लिपुलेकमा सडक निर्माण गरिरहेको सम्बन्धमा सरकारले भारतीय पक्षसँग कुरा गर्नुपर्ने बताउनु भएकाे छ । आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै ज्ञवालीले भारतले नेपालको भूभागमा बलमिच्याइँ गरेको भन्दै देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुने बताउनु भएकाे छ । 

उहाँले भन्नुभयो – ‘देशको सीमाको बारेमा बोल्न सक्दैन, सार्वभौमिकताको विषयमा बोल्न सक्दैन भने त्यो सरकार, सरकार जस्तो रहँदैन । सरकारको वैधता त्यसै दिनबाट समाप्त हुन्छ । हामी चाहान्छौँ सरकारले दृढतापूर्वक यो विषयमा भारतीय पक्षसँग कुरा गरोस् । भारतले यो ढङ्गको बलमिच्याइँ पनि गर्नुहुँदैन । त्यो नेपालको भूभाग हो, त्यहाँ एकतर्फी ढङ्गले कुनै पनि संरचना बनाउन मिल्दैन । सरकारले सशक्त ढङ्गले नेपालको राष्ट्रियहितको पक्षमा आवाज उठाउनुपर्छ।’

उहाँले सरकारले पालिका तहको चुनाव पन्छाउन खोजेको आरोप लगाउनु भएको छ । ज्ञवालीले पालिकाको निर्वाचनको सम्बन्धमा निर्वाचन आयोगले गरेको सिफारिस अनुसार सरकारले कुनै निर्णय नगरेको बताउनुभयो ।

उहाँले सरकारले पालिका तहको निर्वाचनलाई पन्छाउन खोजेको आशङ्का पैदा भएको भन्दै एमालेले त्यस्तो हुन नदिने बताउनु भएकाे छ । 

उहाँले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन न्यायालय सुधारको लागि नभएको टिप्पणी गर्नुभयो । एक व्यक्तिलाई प्रधानन्यायाधीशबाट हटाएर अर्को व्यक्तिलाई ल्याउनका लागि मात्रै याे आन्दोलन केन्द्रित रहेको उहाँले बताउनुभयो ।

उहाँले संसद् चल्न दिने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचमा सकारात्मक छलफल भएको भन्दै आउँदाे दिनमा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP