Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी–१० क्रिकेट : एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश

बैतडी : आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द  नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो।

त्यसअघि पहिला ब्याटिङ गरेको एनआरवाइसी ९.२ ओभरमा ७६ रनमा समेटियो। एनआरवाइसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा म्यान अफ दि म्याच भए।

यस्तै दोस्रो सेमिफाइनलमा सिम टिमलाई १० विकेटले स्तब्ध पार्दै कैलपालले पनि फाइनलको यात्रा सुरक्षित गरेको छ।

सिमले दिएको ८१ रनको लक्ष्य कैलपालले ७.२ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्‍यो। कैलपालको जितमा नटआउट ४६ रन बनाएका प्रदीप चन्द म्यान अफ दि म्याच चुनिए।

यी दुबै टोलीबीचको उपाधि भिडन्त आइतबार हुनेछ। प्रतियोगिताका उपाधि विजेतालाई २० हजार नगद, द्वितीय हुने टोलीलाई १० हजार, ट्रफी र मेडल प्रदान गरिनेछ। यस्तै म्यान अफ दि सिरिजलाई २ हजार पुरस्कार दिइने आयोजक नागार्जुन रणसैनी युवा क्लबका अध्यक्ष वीरेन्द्र चन्दले बताए।

नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा पुस २४ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ टोलीको सहभागी थिए।

फाइनल समारोहमा बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्द, जिल्ला समन्वय समितिका सदस्य रमेश बोहरा, ग्वाल्लेक निर्माण सेवा प्रालिका प्रबन्धक सुरेशबहादुर चन्द लगायतको उपस्थिति हुने जनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP