Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वीरगञ्‍जमा चर्कियाे आन्दाेलन : मुख्यमन्त्री राउतकाे घरमा ढुङ्गा प्रहार

पर्सा : मधेश प्रदेशको स्थायी राजधानी वीरगञ्जलाई नबनाई जनकपुरलाई बनाएको भन्दै त्यसको विरोधमा मुख्यमन्त्री लालबाबु राउतको गृह जिल्लामा विरोध प्रदर्शन गरिएको छ।

वीरगञ्जका प्रदर्शनकारीले मधेश प्रदेशका मुख्यमन्त्री राउतको वीरगञ्जस्थित तेजारथ टोलमा रहेको घरमा ढुंगा प्रहार गरेर झ्यालका सीसा फुटाइदिएका छन्। प्रदर्शनकारीको ढुंगा लागेर मुख्यमन्त्रीको घरका दुईवटा झ्यालका सीसा फुटेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

सँगै प्रहरीको टोली रहेकोले प्रदर्शनकारीबाट ठूलो क्षति हुन नपाएको उनले बताए। नेपाली कांग्रेस नगर कार्यसमितिको अगुवाइमा वीरगञ्जको पावरहाउसबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्रीको घरको बाटो अदालत रोड हुँदै नगर परिक्रमा पछि घण्टाघरमा पुगेर समापन भएको छ।

राजधानीको विषमा मुख्यमन्त्रीको गृह जिल्ला पर्साको गाउँ–गाउँँमा पनि विरोध र प्रदर्शन भएको हो। प्रदर्शनकारीले उनको पुत्ला जलाउनुको साथै विरोधसभा समेत गरेका छन्।

पोखरियामा पनि वीरगञ्जलाई राजधानी बनाउन आफ्नै जिल्लाबाट गएका मधेश प्रदेशका मुख्यमन्त्री नबोलेको भन्दै विरोध प्रदर्शन भएको हो। प्रदर्शनकारीले मुख्यमन्त्री राउतको पुत्ला जलाई चर्को नारा पनि लगाएका छन्।

मधेश आन्दोलनमा सबैभन्दा बढि मानवीय, भौतिक तथा आर्थिक क्षति व्यहोरेको पर्सालाई मधेशका आन्दोलनकारीहरूले उपेक्षा मात्र नभएर घृणा नै गरेको प्रदर्शनकारीको आरोप छ।

एमाले पोखरिया नगर कार्यसमितिको आयोजनामा भएको विरोध कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा पर्सा क्षेत्र नम्बर ३ का नेता राजकुमार गुप्ता लगायतको पनि सहभागिता रहेको छ। सोमबार साँझ पनि लोसपाका स्थानीय युवाहरूले वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला जलाउँदै विरोध गरेका थिए।

केही दिन पहिलेदेखि स्थायी राजधानीको माग गर्दै सडकमा उत्रिएको लोकतान्त्रिक पार्टीले भने सर्वदलीय बैठक बोलाएर आगामी दिनमा कसरी अगाडि बढ्ने भनेर निर्णय लिने जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP