Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

रुकुम पश्चिम – जाजरकाेटमा दुई ओटा बच्चा जन्माएकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका-५ की २५ वर्षीया सरस्वती रावललाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरिएको हो । उहाँलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरेर आज सुर्खेत लगिएको छ ।

स्थानीय स्वास्थ्य संस्थामा दुई वटा जुम्ल्याह छोराको जन्म दिनुभएकी रावललाई रक्तअल्पताको कारण समस्या बढेपछि गएकाे पौष २९ गते चौरजहारी अस्पतालमा भर्ना गरिएको थियो । शिशु जन्मेको १४ दिन पछि अस्पतालमा भर्ना गरिएकी सरस्वतीको शरीरमा कडा खालको रक्तअल्पता भएकोले चौरजहारी अस्पतालले सुविधा सम्पन्न अस्पतालमा लैजान बिरामीका आफन्तलाई सल्लाह दिएको थियो । सुत्केरी महिलाका दुई जुम्ल्याह छोराको स्वास्थ्य अवस्था भने सामान्य अवस्थामा रहेको पारिवारिक स्रोतले बताएको छ ।

कमजोर आर्थिक अवस्था भएकाले उहाँकाे उद्धारको लागि कुशे गाउँपालिकाकै वडा नम्वर १ का वडा अध्यक्ष गोपाल नेपालीले पहल गर्नुभएको थियो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP