Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

दाङमा ८८ प्रतिशतले लगाए पहिलो डोज खोप

दाङ । दाङमा ८८ प्रतिशतले कोभिड-१९ विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ४ लाख २३ हजार ५ सय ७३ जनालाई खोप लगाउने लक्ष्य थियो । जसमध्ये ८८ प्रतिशतले पहिलो डोज खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीका अनुसार पहिलो डोज खोप ८८ र दोस्रो डोज खोप ६३ प्रतिशतले लगाएका छन् । जिल्लामा ३ लाख ५० हजार ५ सय जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २ लाख ६७ हजार ६ सयले दोश्रो मात्राको खोप लगाएका छन् ।

त्यस्तै १२ देखि १७ वर्ष उमेर समूहका २२ हजार चार सय बढी बालबालिकाले खोप लगाएका छन् । पहिलो चरणमा घोराही उपमहानगरपालिका अन्तर्गतका बालबालिकाहरुलाई खोप मात्रै लगाइएको शाहीले जानकारी दिए । बाँकी खोप प्राप्त भए लगतै जिल्लाका सबै स्थानीय तहका बालबालिकाहरुलाई खोप लगाइने प्रमुख शाहीले बताए ।

कोडिभ संक्रमणको दर बढीरहँदा जिल्लामा खोप अभियान तीव्र पारिएको उनले बताए । ‘पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुलाई खोप लगाइरहेका छौं,’ उनले भने, ‘अहिले पनि खोप लगाउनेक्रम जारी छ ।’

बुस्टर डोज लगाउन सुरु

जिल्लामा कोभिड–१९ विरुद्धको बुस्टर डोजको खोप मंगलबारदेखि लगाउन शुरु गरिएको छ । सरकारले २ गतेबाट बुस्टर डोज लगाउन भनिए पनि जिल्लामा भने मंगलबारबाट फ्रान्टलाइनमा खटिएकाहरुलाई बुस्टर लगाउन शुरु गरिएको हो ।

पहिलो दिन २ सय ४० बढी सुरक्षाकर्मीहरुलाई बुस्टर डोज खोपको लगाएर सांकेतिक रुपमा शुरुआत गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

बुस्टर डोज खोप पहिलो चरणमा १४ गतेसम्म अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शवबाहन चालक, महिला स्वयंसेवक र सञ्चारकर्मी लगायतलाई दिइने छ भने माघ १४ गतेपछि ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई दिइने शाहीले जानकारी दिए ।

जिल्लामा उपलब्ध भएको खोपका आधारमा ५० हजार बढीलाई बुस्टर डोज लगाउने लक्ष्य रहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP