Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

साल्ट ट्रेडिङका अध्यक्ष तथा उद्योगी लक्ष्मीदास मानन्धरको निधन

काठमाडौं : साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष एवम् उद्योगी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा निधन भएको छ। भाषासेवी, समाजसेवी तथा पूर्व सांसद समेत रहेका उद्योगी मानन्धरलाई केहि दिन यता ज्वरो र खोकीको समस्या देखिएसँगै पीसीआर परीक्षण गरिएको र त्यसक्रममा उनलाई कोभिड भएको थियो।  

काठमाडौं महानगरपालिका वडा नम्बर १७ निवासी मानन्धरको बिहीबार साँझ हाम्स अस्पतालमा उपचारका क्रममा निधन भएको साेही वडाका  वडाध्यक्ष नविन मानन्धरले जानकारी दिए।

विक्रम संवत् १९८५ सालमा काठमाडौंको ठहिँटीमा जन्मिएका मानन्धर सफल व्यवसायी पनि हुन्।  मानन्धर २००७ सालमा नेपाल खाद्य संस्थानको खरिदार तहको कर्मचारीको रुपमा सेवामा प्रवेश गरेका थिए। कर्मचारी हुँदै राजीनामा दिएर व्यवसायमा लागेका मानन्धरले २०१७ सालमा निटिङ इन्डष्ट्रिज खोलेर मोजा उत्पादन गर्न थाले। हाल उक्त मोजा कारखाना सञ्चालनमा आएको ६१ वर्ष भएको छ।  त्यहाँ उत्पादित मोजाहरु हाल पनि नेपालका ७५ वटै जिल्लाका निजी विद्यालयमा निर्यात  हुने गरेका छन्।

यस्तै  मानन्धरको भैरहवामा सिद्धार्थ कोल्डस्टोर नामको भण्डार घर पनि रहेको छ। साथै उनको मकैको च्याँख्ला उद्योग पनि सञ्चालनमा रहेको छ। उनी पिपुल्स क्याम्पसको सञ्चालक समितिको सदस्य पनि बने।

उनले स्थानीय नेवारी भाषालाई लोप हुन नदिने उद्धेश्यले काठमाडौंमा नेवारी भाषाको विद्यालय पनि खेले हाल सो विद्यालयको नाम जगतसुन्दर बोनेकोटी विद्यालय हो। मानन्धरकै पहलमा २०२६ सालमा नेपाल कुष्ठरोग निवारण संघ स्थापना गरियो। जसबाट नेपालभरका कुष्ठरोगीहरुलाई निःशुल्करुपमा औषधी वितरण गर्ने गरिन्छ भने ती विरामीहरुलाई निःशुल्क पढाउने पनि गरिन्छ। 

उनीमा मनमोहन प्रतिष्ठानमा संस्थापक कोषाध्यक्ष भएर पनि काम गरेका थिए। मानन्धर २०२० सालमा नै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको संस्थापक अध्यक्ष बनेका थिए।  उनले कर्पोरेसन स्थापना गर्नको लागि त्यतिबेला ७ जनाले २५ हजारका दरले रकम उठाएका थिए। 

कर्पोरेसनले सुरुमा भारतबाट नुन आयात गरी देशभर वितरण गथ्र्यो।  मानन्धर २०६२ सालदेखि यता फेरि पनि कर्पोरेसनको अध्यक्ष रहेर काम गरिरहेका थिए। 

०६५ सालमा स्थापना भएको नारायणी नेशनल कम्पनी पनि मानन्धरकै पहलमा स्थापना भएको हो। सो कम्पनी नै हाल सरकारलाई सबैभन्दा बढी राजश्व तिर्ने कम्पनीमा परिचित भएको छ। 

उनी २०५८ सालमा राष्ट्रिय सभामा मनोनित भएका थिए। मानन्धर २०१५ सालदेखि नै वामपन्थी राजनीतिक विचारधारामा आवद्ध रहेका थिए।  स्वर्गीय मानन्धरका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP