Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाण्डौ उपत्यकामा आजदेखि गाडीमा जोर-बिजोर लागू : यी गाडीमा जोर-बिजोर लागू हुँदैन

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा चल्ने गाडीमा आजदेखि जोर-बिजोर प्रणाली लागू भएको छ । आज जोर गते जोर नम्बर प्लेटका गाडी चल्नेछन् ।

अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोर-बिजोर प्रणाली लागू नहुने तीन वटै जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् । 

काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकालेर औषधि एवम् स्वास्थ्य सामग्री बोकेका गाडी, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस र पेट्रोलियम पदार्थ बोकेका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जनाएका छन् । यस्तै खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अण्डा, माछामासु, पशुपक्षी, दाना, एवम् कृषि तथा पशुजन्य सामग्री बोक्ने गाडी सञ्चालन गर्न पाइनेछ । 

यसैगरी निर्माण सामग्री बोक्ने गाडीमा चालक र सहचालक मात्र हुनुपर्नेछ । परिचयपत्रको आधारमा बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनी, डाँक तथा कुरियर सेवा, दूरसञ्चार, सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने गाडी सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । 

सूचना तथा प्रसारण विभागबाट जारी प्रेस पास तथा पत्रकार परिचयपत्र रहेका सञ्चारकर्मीले प्रयोग गरेका गाडी, सरकारी र कुटनीतिक नियोगका गाडी पनि सञ्चालन गर्न पाइनेछ ।  तर यातायात व्यवसायीले सार्वजनिक गाडीमा जोर/बिजोर प्रणाली कोरोना सङ्क्रमण रोकथामका लागि व्यावहारिक नहुने तर्क गरेका छन् । बरु गाडी कम चले चलेका गाडीमा यात्रुहरुको धेरै भीड हुने र यसले सङ्क्रमण थप बढाउने व्यवसायीको भनाइ छ ।

यद्यपि, सरकारले गरेको निर्णय आफूहरुले मान्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP