Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री सचिवालयको प्रष्टीकरण : सर्वदलीय बैठक बोलाएकै छैन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले आजका लागि सर्वदलीय बैठक नबोलाएको  जनाएको छ।

शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रचार भएपछि निर्णय भइनसकेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। 

उनले भने, ‘बाहिर प्रचार कसरी भयो थाहा छैन। तर, सर्वदलीय बैठक बोलाउने बारेमा छलफल भएको हो। तर, आजैको लागि बोलाउनुभएको चाहिँ होइन।’  

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुक्रबार सत्ता गठबन्धन र आफ्नो पार्टीका नेताहरूसँगको छलफल गरेपछि सर्वदलीय बैठक आह्वान  तयारी गरेका हुन्। 

सत्ता गठबन्धन निर्वाचन आयोगले प्रस्ताव गरेजस्तो बैशाखमा स्थानीय तहको निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ। शुक्रबार साँझ भएको छलफलमा गठबन्धनका नेताहरूले तीनै तहको चुनाव एकैपटक मंसिरमा गर्ने र यस विषयमा निर्वाचन आयोग तथा कानुनविद्हरुसँग परामर्श गरेर अघि बढ्ने निर्णय गरेका छन्। कांग्रेसभित्रै पनि स्थानीय तहको निर्वाचनबारे एकमत छैन।

=थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP