Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आहा-रारा गोल्डकप : छ छ पटकको विजेता पुलिस र मनाङ भिड्दै

पर्वत : पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।

२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।

यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा–रारा गोल्डकपको उपाधि उचालेको छ। मनाङ पनि २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ गरी ६ पटक नै विजेता बनिसकेको छ। त्यसैले यी दुई टिमबीच आज कडा प्रतिस्पर्धा हुने देखिएको छ।

उपविजेताको आधारमा हेर्दा पुलिसले २०६१ र २०६२ तथा मनाङले २०५८, २०६३, २०६७, २०७० र २०७१ मा गरी पाँच पटक उपविजेतामा चित्त बुझाउनु परेको थियो।

जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP