Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भारत र चाइनिज ताईपेईविरुद्धको खेल रद्द

इलाम : एएफसी महिला एसिया कपअन्तर्गत भारत र चाइनिज ताईपेईबीचको खेल रद्द भएको छ। भारतीय खेलाडीमा कोभिड–१९ संक्रमण देखिएपछि खेल रद्द भएको हो।

एसियाली फुटबल कन्फेडेरेसनले विज्ञप्ति जारी गर्दै घरेलु टोलीले १३ जना खेलाडीको नामावली उपलब्ध गराउन नसकेपछि खेल रद्द भएको जनाएको छ। भारतको नाभी मुम्बईस्थित डिवाई पाटिल रंगशालामा खेल तय भएको थियो। 

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड संक्रमणका केही घटनाहरु देखिएपछि भारतले चाइनिज ताईपेईविरुद्धको समूह ए को खेलमा आवश्यक न्यूनतम १३ खेलाडीको नामावली उपलब्ध गराउन असफल रह्यो।’

अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) का अध्यक्ष प्रफुल पटेलले भने खेलमा सहभागी हुन नपाउनु दुःखद भए पनि खेलाडीहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको बताएका छन्।

‘हामी जत्तिकै निराश छौं कि सम्भवतः सम्पूर्ण राष्ट्र अहिले यो अवस्थाबाट हुनेछ। यद्यपि, खेलाडीहरूको स्वास्थ्य र कल्याण हाम्रो लागि सबैभन्दा महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘कुनै पनि परिस्थितिमा सम्झौता गर्न सकिँदैन। म सबै संक्रमित खेलाडी र टोलीका अधिकारीहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु। उनीहरूलाई एआईएफएफ र एएफसीले राम्रोसँग समर्थन गर्नेछन्।’

अन्य खेलहरु निर्धारित समय तालिका अनुसार नै सञ्चालन हुने जनाइएको छ। क्वाटरफाइनलमा समूह विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहेन २ उत्कृष्ट तेस्रो स्थानमा रहेका टोली छनौट हुनेछन्।  भारतले आफ्नो पहिलो खेलमा इरानसँग गोलरहित बराबरी खेलेको थियो। चाइनिज ताईपेईले समूह चरणको पहिलो खेल चीनविरुद्ध ४–० ले पराजय भोगेको थियो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP