Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पालिकाको चुनावलाई लिएर कांग्रेसभित्र दुई फरक मत

काठमाण्डाै – पालिकाको चुनावलाई लिएर सत्तारुढ दल नेपाली कांग्रेसभित्र दुई फरक मत देखिएको छ । प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहबीच फरक मत देखिएको हो ।

गठबन्धन दलहरु पालिकाको चुनाव सार्ने गरी ऐन संसोधनको तयारीमा जुटेका बेला सरकारको नेतृत्वकर्ता प्रमुख दल कांग्रेसको कोइराला समूहले त्यसको विरोध गरेको छ । नेता कोइराला समूह स्थानीय चुनाव कुनै पनि बहानामा पर धकेल्न नहुने पक्षमा छ । पालिका तहको चुनाव वैशाखभन्दा पर सारेमा संविधान नै धरापमा पर्ने कोइराला समूहको निष्कर्ष छ । 

कोइराला समूहको हिजोको भर्चुअल बैठकले पार्टी नेतृत्वलाई आफ्नो धारणा सुनाउने निर्णय समेत गरेको छ । 

सभापति देउवाले पालिका चुनाव र महत्त्वपूर्ण एजेण्डामा पार्टीभित्र कुनै पनि औपचारिक छलफल नगरेको भन्दै कोइराला समूहले असन्तुष्टि समेत जनाएको छ । नेता कोइरालाले पार्टीभित्र र बाहिर गर्ने क्रियाकलापमा पार्टीकोे केन्द्रीय समितिमा छलफल हुनुपर्नेमा जोड दिनुभएको छ । 

कोइराला समूहले गठबन्धन वर्तमान सत्ता सञ्चालनका लागि सीमित हुनुपर्ने तर तीन वटै तहको चुनावमा पार्टीले गठबन्धन गर्न नहुने समेत निष्कर्ष निकालेको छ । 

पछिल्लो समय पालिकाको चुनावलाई लिएर प्रधानमन्त्री देउवाले उच्चस्तरीय राजनीतिक समन्वय समिति, गठबन्धनमा आबद्ध दल र कानुन व्यवसायीसँग निरन्तर छलफल गर्दै आउनुभएको छ ।

कानुन व्यवसायीसँग आइतवार भएको छलफलपछि पालिका निर्वाचन ऐन–२०७३ संसोधन गर्ने तयारी थालिएको छ । संविधानको धारा २२५ सँग बाँझिएको स्थानीय तह निर्वाचन ऐनको दफा ३ को प्रावधान संसोधन गर्न कानुनविद्को सुझाव छ । दफा ३ मा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनु दुई महिनाअघि निर्वाचन गरिनुपर्ने उल्लेख छ ।

संविधानको दफा २२५ मा गाउँ तथा नगरसभाको कार्यकाल ५ वर्ष हुने र कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गरिसक्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP