Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र मरिससबीचको खेलमा दर्शकलाई प्रवेश अनुमति

काठमाडौं : नेपाल र अफ्रिकी मुलुक मरिससबीचको खेलमा दर्शकलाई मैदानमा प्रवेशको अनमुति दिइने भएको छ। सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै एकतिहाइ दर्शकलाई मात्र खेल हेर्न मैदान पस्ने अनुमति दिइने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल खेल्न मरिससको फुटबल टोली नेपाल आइसकेको छ। पहिलो खेल माघ १५ गते तथा दोस्रो खेल माघ १८ गते हुने तय भएको छ। 

एन्फाले दर्शकलाई खेल अवलोकन गर्न सामान्यतर्फ प्रतिव्यक्ति ५०० र भिआइपितर्फ एक हजार रूपैयाँ टिकट दर कायम गरेको छ। मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले बुधबार खेलाडीको अन्तिम नामावली सार्वजनिक गर्नेछन्। एक सातादेखि ३४ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन्।

नेपाल आएपछि पिसिआर परीक्षण गर्दा मरिससका चार खेलाडीमा कोरोना देखिएको छ। चारै जना हाल आइसोलेसनमा छन्। रंगशाला प्रवेशका लागि सबैलाई कोरोनाविरुद्धको खोपकार्ड अनिवार्य गरिएको छ। खेल साँझ पौने पाँच बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP