Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

काठमाण्डाै – सर्वोच्च अदालतले लोक सेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न आज बुधवार परमादेश जारी गरेको हो ।

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।

यस्तै सर्वोच्च अदालतले समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई फेरि सङ्घीय निजामती सेवामा ल्याउन नमिल्ने फैसला गरेको छ । समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न पनि सरकारलाई आदेश दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP