Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुद चलायमान बनाऔँ : ओलम्पियन संघ

काठमाडौं : नेपाल ओलम्पियन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) गत दुई महिनादेखि खेलकुद गतिविधि ठप्प बनेको भन्दै वैकल्पिक व्यवस्था गरेर भए पनि खेलकुदलाई चलायमान बनाउन आग्रह गरेको छ।

संघका अध्यक्ष दीपक विष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा सदस्य सचिवको विवाद कानुनी रूपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गरेर खेलकुदलाई पुन: चलायमान गराउन आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ‚ ‘यो बीचमा चीनमा एसियाली खेलकुद प्रतियोगिता, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता, १४ औँ साग र अन्य अन्तरराष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्नुपर्ने समयमा कार्यकारी निकायमा सदस्यसचिव नहुँदा दैनिक काममा असर परेको छ।’

साथै विज्ञप्तिमा परिषद्का सदस्यसचिवको बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिका विषयमा सर्वोच्चमा परेको रिटको सुनुवाइ समयमा हुन नसक्दा समग्र खेलकुद अनिर्णयको बन्दी बनेको उल्लेख छ।

साथै उसले परिषद्को नियमित काममा फर्काउन नेपाल सरकार र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण गराएको छ। अझै यो अवस्था कायम रहे समग्र खेलकुदमा नकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP