Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलको भेट

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले भेटेर प्रदेशको अवस्था बारेमा जानकारी गराएको छ।

मुख्यमन्त्री पोखरेलले आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई भेटेर प्रदेशमा बजेट कमीले चालु आयोजना अगाडि बढ्न नसकेको, प्रदेश गौरवका आयोजना सुरु गर्न जग्गाका साथै रकम अभाव रहेको जानकारी गराए। भेटमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, अर्थमन्त्री रामजीप्रसाद बराल, अर्का मन्त्री मणिभद्र शर्मा कँडेललगायत सहभागी थिए। 

प्रधानमन्त्री देउवाले सीमित स्रोत र साधनका बीच सरकार अगाडि बढिरहेको भन्दै प्रदेशको समृद्धिका लागि सक्दो सहयोग गर्ने वचन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

साथै उनले सबै प्रदेशबाट बजेटको माग आएको उल्लेख गर्दै स्रोत हेरेर सक्दो बजेट दिने बारेमा अर्थमन्त्रीसँग सल्लाह गर्ने बताएका थिए। 

मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीलाई बुझाएको पत्रमा आन्तरिक स्रोत अत्यन्त न्यून भएका कारण प्रदेशको विकास आवश्यकता पूरा गर्न कठिनाइ भएको, कोभिड– १९ को महामारीका कारण प्रदेशको आन्तरिक आयमा समेत कमी आएको र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमा समेत कटौती हुँदा कतिपय आयोजना स्रोतको कमीले सम्पन्न गर्न चुनौती थपिएको उल्लेख छ।

यसैगरी मुख्यमन्त्री पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतसँग पनि भेट गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP