Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण फुटबल आज : नेपाली टोलीमा दुई जना खेलाडी परिवर्तन

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने पाँच बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । आजको खेलका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पूर्व घोषित टोलीबाट दुई खेलाडी परिवर्तन गरेका छन् । डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर प्रशान्त अवस्थीको ठाउँमा मनिष डाँगी र दर्शन गुरुङलाई राखिएको छ ।

यसअघि गएको शनिवार भएको पहिलो खेलमा नेपालले मरिससलाई १–० ले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए । पहिलो मैत्रीपूर्ण खेलमा जित निकालेको नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछ ।

लगातार दोस्रो जित निकाल्न सके फिफा वरीयतामा नेपालको स्थान सुधार हुने प्रशिक्षक अलमुताइरीको विश्वास छ । मरिसस पनि यो खेलमा जित निकाल्दै फर्कने योजनामा छ । कोरोना सङ्क्रमणका कारण पहिलो खेलमा मरिससका मुख्य चार खेलाडीले खेल्न पाएका थिएनन् । तर आज उनीहरुले खेल्नेछन् ।

मरिससका प्रशिक्षक टोनी मारिएले चार खेलाडी खेल्दा टिम थप बलियो हुने बताएका छन् । फिफा वरीयतामा नेपाल एक सय ६९ र मरिसस एक सय ७२औँ स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP