Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजनिक नगरेसम्म एमाले नहतारिने

काठमाडाैं : नेकपा एमालेले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म आफू नहतारिने जनाएकाे छ। प्रधानमन्त्रीकाे सरकारी  निवास बालुवाटारमा आज बसेको तीन दलको बैठकमा एमालेले एमसिसीबारे यस्ताे धारणा राखेकाे हाे। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव शंकर पोखरेलले एमसिसीबारे सत्तापक्षले स्पष्ट दृष्टिकोण सार्वजानिक नगरेसम्म एमाले नहतारिने बताए।

‘सरकारले स्पष्ट पारिसकेपछि हामी स्पष्ट दृष्टिकोणका साथ उपस्थित हुन्छौँ’, उनले भने, ‘सत्तापक्ष नै अनिर्णित भएर बस्ने कुरा राम्रो होइन।’ यसअघि एमाले सरकारमा हुँदा पटक पटक एमसिसी पारित हुनुपर्ने धारण राख्दै आएको भएपनि सत्ताबाट बाहिरिएपछि भने सत्तापक्षलाई नै दोष थाेपर्दै आएकाे छ।

बैठकमा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको बहिर्गमनलाई संसद् खुलाउने बटमलाइन बनाएको थियो। सभामुखको भूमिकाका कारण प्रतिनिधिसभा चल्न नसकेको एमालेको भनाइ थियो। आफूहरुका माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठक चल्न नसक्ने पनि एमालेले स्पष्ट गरेको छ।

पाेखरेलले भने, ‘हामी फेरि पनि सत्ता पक्षलाई आग्रह गर्न चाहन्छौं, हाम्रा मुद्दाहरूलाई सम्बोधन गरोस्। १४ जना गैरसांसदलाई प्रतिनिधिसभामा नराख्न हामीले बैठकमा भनेका छौं। सांसदहरुबाट मात्रै प्रतिनिधिसभा चल्न सक्छ। दलले कारबाही गरेको कुरालाई सभामुखले मान्नुपर्छ, हैन भने मार्ग प्रशस्त गर्नुपर्छ भनेर हामीले भनेका छौं।’

प्रतिपक्षीका माग र चासोका सन्दर्भमा प्रधानमन्त्रीसहितले छलफलबाट समाधानको पहल थाल्नु भने सकारात्मक भएको पोखरेलले बताए। 

बैठकमा प्रचण्डले स्थानीय चुनावपछि मात्र एमसिसी अघि बढाउन प्रस्ताव गरेका छन्। प्रचण्डले संसद् सुचारु गर्न र एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव बैठकमा गरेका थिए। बैठकमा प्रधानमन्त्री देउवाले एमसिसीलगायत विषयलाई अघि बढाउनुपर्ने बताएका थिए।

आजकाे बैठकमा प्रधानमन्त्री देउवा, नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP