Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आयोग चुनावको तयारीमा : कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने, विदेशमा रहेकाहरुले त्यहीँबाट मत हाल्न नपाउने

काठमाण्डाै – स्थानीय तहको चुनावको मिति घोषणा भएसँगै निर्वाचन आयोगले तयारी थालेको छ । सरकारले हिजो वैशाख ३० गते एकैपटक स्थानीय तहको चुनाव गर्ने मिति तोकेपछि निर्वाचन आयोगले तयारी थालेको हो ।

चुनावको समय अपुग भएकाले चुनावको कतिपय प्रक्रिया फास्ट ट्राकबाट पूरा गरिने भएको छ । कानुनअनुसार चुनावको तयारीका लागि १ सय २० दिन चाहिनेमा त्यो भन्दा कम भएकाले कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सरकारले तोकेको मितिअनुसार चुनाव आउन अब ९५ दिन मात्रै बाँकी छ । समय अभाव भएकाले दिनरात चुनावको तयारी गरिने उहाँले बताउनुभयो । आजदेखि मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु हुनेछ। ७७ वटै जिल्लामा सङ्कलित नामावली अद्यावधिक गरेर आयोगले ७ सय ५३ वटै पालिकामा पठाउने छ ।

२०७४ सालको चुनावमा भन्दा यसपालि झण्डै २० लाख मतदाता थपिने अनुमान गरिएको छ । चुनावमा एक करोड ८० लाखको हाराहारीमा मतदाता पुग्ने अनुमान गरिएको आयोगले जनाएको छ । वर्तमान कानुनी व्यवस्थाअनुसार विदेशमा रहेका नेपालीले त्यहीँ बसेर आफ्नो  मताधिकार प्रयोग गर्न नसक्ने पनि आयोगले जनाएको छ ।

चुनावका बेला नेपाल आए भने मत हाल्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो । आयोगले चुनावका लागि निर्देशिका, बजेट र जनशक्तिका विषयमा निर्णय गर्न बाँकी छ । यसपालि चुनावमा १२ अर्बभन्दा धेरै खर्च हुने अनुमान गरिएको छ ।

यस्तै, चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था तथा व्यवस्थापनका लागि सबै स्थानीय तहलाई समन्वय गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP