
काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर अनन्त तामाङ भारतको इन्डियन सुपर लिग (आईएसएल) क्लब स्पोर्टिङ क्लब इस्ट बङ्गालमा अनुबन्धित भएका छन् ।
अनन्तले यो सिजनको अन्तिमसम्मका लागि इस्ट बङ्गालसँग सम्झौता गरेका हुन् । उनको टोलीले लिगमा अब चार खेल खेल्न बाँकी रहेको छ । अनन्त आईएसएल खेल्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
अनन्तले थ्री स्टार क्लबमा सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका थिए । थ्री स्टारले अनन्तलाई आईएसएलका लागि फुकुवा गरिसकेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया