Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आजको संसद बैठकमा एमसीसी टेबल हुनेमा अन्यौल, सत्ता गठबन्धन थप छलफलमा

काठमाण्डाै – आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी भए पनि सत्ता गठबन्धनबीच अझै सहमति भएको छैन ।

प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज एमसीसी सम्झौता टेबल गर्ने तयारी गर्नु भएको छ तर नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी यथास्थितिमा एमसीसी टेबल गर्ने पक्षमा छैनन् । यसले आजको संसदमा एमसीसी टेबल हुनेमा अन्यौल बढाएको छ ।

माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय नै गरेको छ । हिजो बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले गठबन्धनमा सहमति नजुटाई एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाए सरकारबाट बाहिरिने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । एमसीसी टेबल नहुने सम्भावना बढेपछि संसद बैठक अघि आज तीन दलका प्रमुख नेताबीच छलफल हुँदैछ ।

एमसीसीबारे प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच हिजो पनि छलफल भएको थियो । प्रचण्ड र नेपालले एमसीसीमाथि पार्टीमा आन्तरिक छलफल भइरहेकाले हतार नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले पनि एमसीसीबारे थप छलफल गर्न संसद बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

बैठक बिहान साढे ११ बजे बस्नेछ । अमेरिकाले सम्झौतामा परिमार्जन हुन नसक्ने र आउँदो १६ सम्म पारित नभए सम्झौता रद्द हुने ‘अल्टिमेटम’ दिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नु भएको छ । नेपाली कांग्रेसले एमसीसी सम्झौता संसद्बाट पारित गराउने निर्णयसमेत गरिसकेको छ । आज प्रधानमन्त्री देउवाले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबल गर्ने जिम्मेवारी दिएका उहाँको सचिवालयले जनाएको छ । २०७४ सालमा अर्थमन्त्री रहेकै बेला कार्कीले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।

वर्तमान अर्थमन्त्री जनार्दन शर्माले आजको बैठकमा अनुपस्थित हुने बताएपछि एमसीसी टेबल गर्ने जिम्मा सञ्चारमन्त्री कार्कीलाई दिइएको हो । प्रतिनिधिसभा बैठकको कार्यसूचीमा भने एमसीसी सम्झौता राखिएको छैन । यस्तै, प्रमुख प्रतिपक्षी दल एमालेले आज पनि संसद बैठकमा अवरोध गर्ने जनाएको छ । सत्ता गठबन्धनले परामर्श नै नगरी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि असन्तुष्ट बनेको एमालेले एमसीसी पारित गर्ने/नगर्ने निर्णयमा सहभागी नै नभई सदन अवरोध गर्ने भएको हो ।  एमालेले एमसीसीबारे विषय प्रवेश नै नगरी संसदमा नाराबाजी गर्ने जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP