
काठमाडाैं : नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशन मिति केही पर सर्ने भएकाे छ। यसअघि फागुन १३ गतेका लागि ताेकिएकाे जिल्ला अधिवेशनकाे मिति केही दिन पर सर्ने भएकाे हाे।
यद्दपी कांग्रेस निर्वाचन समितिले निर्णय भने गरिसकेकाे छैन। फागुन १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव रहेकाे र मधेश प्रदेशमा त्याे दिन विभिन्न कार्यक्रम हुने भएकाले अधिवेशनकाे मिति केही पर सर्ने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए।
मधेश प्रदेशका सवै आठ जिल्लामा कांग्रेसकाे जिल्ला अधिवेशन बाँकी छ। कांग्रेस केन्द्रीय सदस्य तथा महेन्द्रनारायण निधिका छाेरा विमलेन्द्र निधिले १३ गते मधेश प्रदेशका सवै जिल्लामा कार्यक्रम हुँदा जिल्ला अधिवेशन प्रभावित हुने भएकाले केही दिन पर सार्न कार्यसम्पादन समितिकाे बैठकमा अनुराेध गरेका थिए।
कार्यसम्पादन समितिले अनुराेध गरेकाले अधिवेशनकाे मिति केही दिन पर सर्ने रिजालले बताए। फागुन १४, १५ र १६ गते नेपाल बारकाे राष्ट्रिय सम्मेलन काठमाडाैंमा हुने भएकाले पनि अधिवेशन १३ गते नै गर्न असम्भव देखिएकाे उनले जानकारी दिए।
‘वकिलहरू राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने भएकाले अधिवेशन प्रभावित हुने देखिन्छ’, रिजालले भने,’विभिन्न जिल्लामा फरक-फरक मितिमा अधिवेशन हुने संभावना छ तर फागुन २० गते भित्रै सवै जिल्लाकाे अधिवेशन सम्पन्न हुन्छ। सम्भवत: भाेलि निर्वाचन समितिले कार्यतालिका संशोधनको तयारी गरिरहेको छ।’
यसअघि १५ माघ गते तय भएको निर्वाचन कोरोनाभाइरसको महामारीका कारण स्थगन भएको थियो।
कांग्रेसको केन्द्रीय महाधिवेशन सम्पन्न भइसके पनि आन्तरिक विवादका कारण १६ जिल्लामा निर्वाचन हुन सकेको थिएन। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाममा कांग्रेस अधिवेशन हुन बाँकी छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया