Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सत्तारुढ गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगियाे

काठमाडाैं : सत्तारुढ गठबन्धनको बैठक भाेलि बस्ने गरि बिनानिष्कर्ष सकिएको छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज करिब दुई घण्टासम्म चलेकाे बैठकमा एमसिसीका विषयमा छलफल भएकाे बुझिएकाे छ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री देउवाले एमसिसीबारे अमेरिकाले दिएको फेब्रुअरी २८ सम्म निष्कर्षमा पुर्‍याउनुपर्ने प्रस्ताव गरेकाे जानकारी दिए।

बैठक भाेलि बिहान १० बजे बस्ने जानकारी दिँदै कार्कीले भाेलिकाे संसद्‍ बैठकमा पनि एमसिसी टेबल नगर्ने सहमति भएकाे बताए। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस नेता  कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता डा प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू सहभागी थिए।

यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत  समाजवादी) अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल सहभागी थिए। जनता समाजवादी पार्टीबाट भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए। 

सत्ता गठबन्धनमा कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी भने एमसिसी संसद्‍मा टेबल नगर्ने पक्षमा अभिएका छन्। यस्तै बुधबार बसेको माओवादीको संसदीय दलको बैठकले जबरजस्ती एमसिसी पारित गर्न खोजे सरकारबाट बाहिरिने निर्णय गरेको थियो।

यसअघि एमसिसीबारे छलफल गर्न बिहीबार बिहान पनि प्रचण्ड बालुवाटार पुगेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP