Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसी र गठबन्धनको भविष्यबारे टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं :  सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुनेछ। त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ।

यसअघि, बिहीबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो। नेताहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक निष्कर्षविहीन भएको हो। 

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।

जवाफमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए। संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शनिबारसम्म कुर्न आग्रह गरेका थिए। शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बोलाइएको छ।

सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने चेतानी दिँदै आएको छ। 

गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP