Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने गगन थापाकाे भनाइ

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एमसीसीलाई संसदमा टेबुल गर्नुपर्ने बताउनुभएकाे छ । विगत दश वर्षदेखि  एमसीसीसँग धेरै राजनीतिक दल र नेतृत्व सामेल भएकाे भन्दै सबैले संसदमा यस विषयमा आ-आफ्नाे मत राख्नुपर्ने उहाँले बताउनुभयाे ।

‘हामी फरक–फरक दलहरु भएको कारणले गर्दा हाम्रो बीचमा गठबन्धन हुनका लागि त कुराकानी मिल्नुपर्छ । न्यूनतम कुराहरुमा कुरा मिल्नुपर्छ’, एमसीसीकाे सन्दर्भमा बाेल्दै उहाँले भन्नुभयाे, ‘आजको दिनमा नेपाली कांग्रेस माधव नेपालको पालादेखि सुरु भएर आएको दशाैँ वर्ष लागेर यहाँसम्म आइसकेपछि यो नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयताको कुरा हो ।

हामी सबैले यसमा काम गरिसक्यौँ । हामी सबैजना कहीँ न कहीँ यसमा संलग्न छौँ । अहिले सिंगो नेपालको विश्वसनीयतामाथि ह्रास आउँछ । त्यसैले हामीले प्रष्ट भनेका छौँ, टेबल गरौँ हामीहरु आ–आफ्नो ठाउँमा मतदान गर्न सक्छौँ ।’

यस्तै महामन्त्री थापाले सत्तारुढ राजनीतिक दलहरुका बीचमा कुराकानी नमिलेमा गठबन्धन नचल्ने पनि बताउनुभयो । कुराकानी पनि नमिल्ने र गठबन्धन पनि भइराख्ने कुरा नहुने उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP