Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी कार्यसूचीमै परेन

काठमाडौं : प्रतिनिधि सभाको बैठक बस्दै छ।  बैठक दिउँसो १ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता टेबल गर्ने चर्चा छ। तर संसद् सचिवालयले शनिबारै साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसी उल्लेख छैन्। यस अघि गत शुक्रबार बसेको बैठकमा पनि एमसीसी पेश गर्ने भनिए पनि सत्ता गठबन्धनमा कुरा नमिल्दा टेबल हुन सकेन। 

आजको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने मात्र उल्लेख छ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकेको छैन। सरकार फागुन १६ गतेभित्र एमसीसीलाई टुङ्गो लगाउनैपर्ने दबाबमा छ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बैठक बिहान साढे ११ बजेका लागि बस्ने छ। 

बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनेछ। बैठकमा संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP