Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

टी-२० विश्वकप छनोट : क्यानडालाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

एजेन्सी-ओमानमा जारी टी-२० विश्वकप क्रिकेट छनोट खेलमा नेपालले क्यानडालाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ। क्यानडाले नेपाललाई जितका लागि ८१ रनको लक्ष्य दिएको थियो। समूह चरणको अन्तिम तथा तेस्रो खेल लगातार जितेर नेपालले ६ अंकसहित समूहको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब नेपालले सेमिफाइनलमा युएईसँग खेल्नेछ।

नेपाललाई ओपनर कुशल भुर्तेलले ३७ बलमा ३४ रन र तेस्रो विकेटमा आएका दिपेन्द्रसिंह ऐरीले ३१ बलमा २७ रन बनाउँदै ८ विकेटको सहज जित दिलाए।ओमानको अल-अमिरातको ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा नेपालले ८१ रनको लक्ष्य भेट्टाउन १४ ओभर र १ बलमात्र खेलेको थियो।

नेपालले कुल २२ रनको स्कोरमा ओपनर आसिफ शेखका रुपमा पहिलो विकेट गुमाएको थियो। उनले १६ बल खेलेर १७ रन बनाए, जसमा एउटा छक्का पनि सामेल थियो। उनलाई क्यानडाका सलमान नजरले लेग बिफोर विकेटको ट्र्यापमा पारेका थिए।

फर्स्ट डाउनमा आएका कुशल मल्ल भने १ बलमात्र सामना गरेर कलीम सनाको बलमा बोल्ड भए। उनले कुनै रन बनाउन सकेनन्। यतिवेला नेपालको स्कोर ४ ओभर ३ बलमा २३ रनमात्र थियो।

यसपछि क्रिजमा उत्रिएका दिपेन्द्रसिंह ऐरी र भुर्तेलको जोडीले नेपाललाई सेमिफाइनलमा प्रवेश गराएको थियो। क्यानडाका लागि सलमान नजर र कलीम सनाले १/१ विकेट लिए।

पहिले टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको थियो। 

क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन्। त्यस्तै  कमल सिंह ऐरी र अविनाश बोहोराले २/२ विकेट लिए।

क्यानडाका लागि डिलोन हेलगरले सर्वाधिक २४ रन बनाए। २२ बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरेका थिए। त्यस्तै नवनित धलिवालले १८ र  रायन पठानले १४ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP