शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज दुई वटा खेल हुँदै

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब दिउँसो १ बजे खेल्दैछन् ।

पुलिस ११ खेलमा ११ अङ्क जोडेर अङ्क तालिकाको ११ औँ स्थानमा छ । समान खेलमा एपीएफ १४ अङ्क जोडेर आठौँ स्थानमा छ । आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् ।

आर्मी ११ खेलमा १९ अङ्क जोडेर चौथो स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । ‘ए’ डिभिजनको उपाधि भने मच्छिन्द्रले जितिसकेको छ । ब्रिगेड ब्वाइज र च्यासल रेलिगेसनमा परिसकेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP