Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कम्युनिष्टले अघि बढाएको एमसिसीमा कम्युनिष्टहरूले नै बखेडा झिके : सहमहामन्त्री आङ्देम्बे

धनकुटा : नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको अमेरिकी सहयोग परियोजना (एमसिसी) कम्युनिष्ट पार्टीहरूले नै बखेडा झिकेको बताएका छन्।

शुक्रवार कांग्रेस धनकुटाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्देम्बेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आफू प्रधानमन्त्री हुँदा आवश्यकता छ भनेर अघि बढाएको एमसिसीमा अहिले बखेडा झिकेको आरोप लगाए।

उनले अघिल्लो सरकारको स्वामित्व कांग्रेसले लिने गरे बताउँदै २०७५ माघ २५ गते तत्कालीन ओली सरकारले एमसिसी अघि बढाउने निर्णय गरेको र २०७६ असार ३० गते संसदमा टेबल गरेको एमसिसी अहिलेको सरकारले अघि बढाएको बताए।

सहमहामन्त्री आङ्देम्बेले कम्युनिष्टहरूले अघि बढाएको एमसिसीलाई अहिले उनीहरूले राष्ट्रघाती भन्न थालेको आरोप लगाए। उनले प्रचण्ड र माधव नेपालले संशोधन गर्नुपर्ने बताए पनि कुन बुँदा संशोधन गर्ने भन्दा देखाउन नसकेको दाबी गरे।

सहमहामन्त्री आङ्देम्बेले एमालेलाई नेकपा एकीकृत समाजवादीका १४ सांसद र सभामुख कसरी हटाउने भन्ने चिन्ता रहेका र माओवादी र नेकपा एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा पार्टीको आकार र चीनले एमसिसी फेल गराउन दिएको पैसा कसरी पचाउने भन्ने चिन्ता मात्रै रहेको आरोप लगाए। भारतलाई विस्तारवाद र अमेरिकालाई साम्राज्यवाद देख्ने कम्युनिष्ट प्रवृत्तिले एमसिसी पास हुन समस्या आएको उनको भनाइ छ। उनले कांग्रेसलाई मात्रै देशलाई निकास दिने चिन्ता रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP