Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसीबारे निर्णय लिन माओवादी र समाजवादीले बोलाए पार्टीको बैठक

काठमाडौं : एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रले पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ। बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बस्ने र सो बैठकमा एमसीसीबारे छलफल हुने एक नेताले बताए।

यस्तै अर्को सत्ता घटक एकीकृत समाजवादीले पनि आज ११ बजे सचिवालय बैठक बोलाएको छ। उक्त बैठकमा पनि एमसीसी बारे छलफल हुने जनाएको छ। 

माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच शनिबार पनि एमसिसीबारे छलफल भएको थियो। कांग्रेस र एमालेबीच एमसिसी पारित गर्न सहकार्य हुने संकेत पाएपछि मात्रै माओवादी केन्द्र र एकीकृत समाजवादी लचिलो बनेका हुन्।

शनिबार पनि कांग्रेस र एमाले नेताहरूबीच छलफल भएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिए पनि अन्तिम समयमा उनी गएका थिएनन्।

आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले आफ्नो पार्टीको निर्णयसहित एमसिसीको पक्षमा मतदान गर्ने प्रतिबद्धता नजनाए गठबन्धन टुट्ने कांग्रेसको अडान छ। 

जनता समाजवादी पार्टीको शनिबार बसेको कार्यकारिणी बैठकमा भने एमसिसीबारे कुनै छलफल भएन।  बैठकले पार्टीभित्रको विवाद कसरी समाधान गर्ने भनेर सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी तीन नेतालाई दिएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईको आज बिहान छलफल हुँदैछ। त्यही छलफलले कार्यकारिणी बैठकको मिति तोक्ने र एमसिसीबारे निर्णय गर्ने जसपाका एक नेताले जानकारी दिए।

जसपामा यादव पक्ष एमसिसी परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने अडानमा छ। भट्टराई पक्ष भने यही रूपमा पारित गर्नुपर्ने अडानमा छ। प्रचण्डले निर्णय लिना साथ यादवले पनि निर्णय लिने भट्टराई पक्षको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP