
काठमाडौं : काराबाओ कप फुटबलको उपाधि लिभरपुलले जितेको छ। लिभरपुलले कीर्तिमानी नवौं पटक काराबाओ कपको उपाधि जितेको हो। पछिल्लो पटक लिभरपुल २०११/१२ को सिजन उपाधि जितेको थियो ।
आइतबार राति सम्पन्न फाइनलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा ११–१० गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो। वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको हो। पेनाल्टीमा लिभरपुलले चेल्सीलाई हरायो।
पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, फाबिन्हो, भिर्जिल भान डाइक, ट्रेण्ड आर्नोल्ड, मोहमद सलाह, डिएगो जोटा, डिभोक ओरिगी, एन्डी रोबर्टसन, हार्भे इलियोट, इब्राहिमा कोनाटे र केलिहरले गोल गरे।
चेल्सीका मार्कोस अलन्सो, रोमेलु लुकाकु, काइ हार्भटेज, रिच जेम्स, जोर्जिन्हो, एन्टोनियो रुडिगर,एन्गोलो कान्टे, टिमो वेर्नेर, थियागो सिल्भा र ट्रेभो चालोबहले गोल गरे। चेल्सीका गोलकिपर केपा एरिजाबालगाले भने पेनाल्टीमा गोल गर्न सकेनन्।
खेलको ६७ औं मिनेटमा लिभरपुलका माटिपले गरेको गोल भीएआरले मान्यता दिउको थिएन। अफसाइड देखाएपछि उनको गोलले मान्यता पाएन। खेलको ७८ औं मिनेटमा चेल्सीका काइ हार्भटेजको गोल पनि अफसाइड रह्यो।
यस्तै खेलको अतिरिक्त समयमा चेल्सीका रोमेरो लुकाकुको गोल पनि भीएआरले अफसाइड देखाएको थियो। अतिरिक्त समयमै हार्भटेजको अर्को गोल पनि अफसाइड रह्यो।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया