Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यस्ता छन् एमसीसीमार्फत कार्यान्वयन हुने परियोजना

काठमाण्डाै – लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसदबाट अनुमोदन भएको छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै अब कार्यान्वयन हुनेछ । 

एमसीसी अन्तर्गतका परियोजना कार्यान्वयनका लागि अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान दिनेछ भने नेपाल सरकारले १३ करोड डलर लगानी गर्नेछ । यो रकमबाट बन्ने आयोजना पाँच वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

एमसीसी आयोजना अन्तर्गत काठमाण्डौको लप्सीफेँदीबाट नुवाकोटको रामामाटेसम्म ४ सय केभी क्षमताको प्रसारण लाइन बन्नेछ । रातामाटेबाट एउटा प्रसारण लाइन दमौली हुँदै बुटबलसम्म पुग्नेछ भने अर्को हेटौँडासम्म पुग्नेछ । रातामाटे, दमौली र बुटबलमा सबस्टेशन पनि बन्नेछन् । बुटवल पुगेको प्रसारण लाइन भारतको गोरखपुरसम्म पनि पुग्नेछ । तीन सय १२ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि ४० करोड अमेरिकी डलर खर्च हुनेछ । 

यस्तै बुटवल–गोरखपुर २२ किलोमिटर अन्तरदेशीय प्रसारण लाइन निर्माणमो पनि रकम खर्च हुनेछ ।

एमसीसी परियोजनाको रकम सडक स्तरोन्नतिमा पनि खर्च हुनेछ । पूर्व–पश्चिम राजमार्गको कपिलवस्तुको चन्द्रौटाबाट दाङको लमही हुँदै शिवखोलासम्मको एक सय किलोमिटर लामो सडकको स्तरोन्नति हुनेछ । यसमा अत्याधुनिक र नमुना प्रविधिको प्रयोग हुनेछ । सडक स्तरोन्नतिका लागि पाँच दशमलव दुई करोड अमेरिकी डलर खर्च हुनेछ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP