Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतद्वारा क्लिन स्वीप

काठमाण्डाै – भारतले श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खलामा क्लिन स्वीप  गरेको छ । गएराति घरेलु मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएर भारतले श्रृङ्खला ३–० ले जितेको हो ।

श्रीलङ्काले दिएको १ सय ४७ रनको लक्ष्य भारतले १५ ओभर ५ बलमा मात्र ४  विकेट गुमाएर भेट्टायो । भारतका लागि श्रेयस ऐरले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारि खेले । यस्तै, रविन्द्र जडेजाले २२, दीपक होडाले २१ तथा सञ्जु सामसनले १८ रन बनाए ।

श्रीलङ्काका लाहिरु कुमाराले दुई विकेट लिए भने दुशमन्थ चमेरा र चामिका कारुनारत्नेले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४६ रन जोडेको थियो ।

श्रीलङ्काका लागि कप्तान डसुन सनकाले अविजित रहँदै ७४ रनको अर्धशतकीय पारी खेले भने दिनेश चण्डीमालले २२ तथा चामिका करुनारत्नेले १२ रन बनाए । भारतका आभेस खानले २ तथा मोहम्मद सिराज, हर्षल पटेल र रवि विशदोइले एक/एक विकेट लिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP