Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना निलम्बित

पर्वत : भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि बागलुङको बागलुङ नगरपालिकाका उपप्रमुखसहित पाँच जना  निलम्बनमा परेका छन्। 

बागलुङ बसपार्क निर्माणमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का, वडा–४ का वडाध्यक्ष धुव्रवहादुर केसी, तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेल, इन्जिनियर मनोज शर्मा र सब इन्जिनियर घनश्याम रिजाल निलम्बनमा परेका हुन्। अख्तियारले उपप्रमुख खड्कासहित ८ जनालाई भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको थियो। 

निलम्बनमा परेसँगै उनीहरूले पाउने सुविधा पनि कटौती भएको छ। जनप्रतिनिधिले चढ्दै आएका गाडी र मोटरसाइकल फिर्ता गरेका छन् भने उनीहरूको कार्यकक्षमा राखिने ‘नेम प्लेट’ पनि निकालिएको छ। 

मुद्दा परेपछि अख्तियारले पत्र पठाएर उनीहरूलाई कारबाही गर्नु भन्ने जानकारी गराएपछि उपप्रमुख खड्काले चढ्ने गरेको जिप, इन्जिनियरले चढेका मोटरसाइकल, उनीहरूले प्रयोग गरेका ल्यापटप लगायतका सामाग्री पनि फिर्ता गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए। अख्तियारले पत्र पठाएर कारबाहीमा साथ दिनु भनेकोले सोही अनुसार काम भइरहेको उनको भनाइ छ।

बागलुङ बसपार्क निर्माणको क्रममा कामै नभएको स्थानमा भएको देखाएको, डोजर प्रयोग गरेर काम गरेको स्थानमा डोर हाजिरी देखाएको लगायतका विषयमा अनुसन्धान गर्दा रकमसमेत अपचलन भएको देखेपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

बसपार्क निर्माणकै क्रममा बागलुङ नगरपालिकाले ठेक्का दिइसकेको स्थानमा उपभोक्ता समितिमार्फत पनि दुई वर्षसम्म १०/१० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। उक्त बजेटले गर्नुपर्ने काम नियमसंगत नभएकोले बसपार्क निर्माण समितिका अध्यक्ष सुवासकुमार राजभण्डारी, सचिव गुणनिधि शर्मा र कोषाध्यक्ष भीमकुमारी आचार्यका विरुद्धमा पनि मुद्दा परेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP